बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार

बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार

बुटवल-बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन्।

नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिश समितिको बैठकले करीब १ सय भन्दा बढी प्रतीक चिन्हहरुमध्येबाट ३ वटा प्रतीक चिन्ह कार्यपालिका बैठकमा पठाएको थियो। तीन वटा प्रतीक चिन्हमध्ये न्यौपानेको प्रतीक चिन्हले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिन्ह छनोट भएको प्रवक्ता रानाले बताए।

कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो।

छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्हका रुपमा प्रयोग गर्ने र प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए।

प्रकाशित मिति : आइतबार, माघ १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij