JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्याेग बाणिज्य संघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन

बुटवल उद्याेग बाणिज्य संघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन

बुटवल,

बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।

 

त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ र अध्यान्त फण्ड म्यानेजमेन्ट लि. बिच दुई पक्षीय सम्झौता भईसकेको छ । उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष हरीप्रसाद अर्याल र अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडको तर्फबाट सञ्चार तथा समन्वय प्रवन्धक निश्चल सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

 

यो सम्झौतासैग ‘रुप अफ द वल्र्ड’ परियोजना अन्तरगत रहेर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने तथा साना तथा मझौला उद्योग व्यवसायीहरुलाई आवश्यक व्यवसायिक सेवा प्रदान गर्नको लागि संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

 

‘रुप अफ द वल्र्ड’ परियोजनाले साना तथा मझौला व्यवसायीलाई व्यवसाय विस्तारको लागि योजना निर्माण गर्नुको साथै शेयर पुँजी समेत प्रदान गर्ने गर्दछ ।

प्रकाशित मिति : आइतबार, माघ १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij