बुटवल-बुटवल–१७ रानिगंजमा रहेको श्री जनशक्ति नमूना भिम प्रसाद गोमता न्यौपाने आधारभुत विद्यालयको १९ आंै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।विद्यालयले मंगलवार वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
सोही अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरले शिक्षालाई जीवन उपयोगीका रुपमा लिनुपर्ने र सोही अनुसार अध्यापन गराउनु पर्नेमा जोड दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षअयक्ष टंक प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल नगर प्रमुख खेलराज पाण्डेयले समय सापेक्ष गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।उनले बुटवल शिक्षाको हव बन्दै गइरहेको भन्दै सामुदायिक बिद्यालयको बिकासका लागि नीति बनाइएको उल्लेख गरे।
शिक्षाको विकास भए मात्र बुटवलको विकास हुने बताउँदै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको विकास हुने र विद्यार्थीको विकाससंगै नगर पनि विकसित हुने बताए ।

बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवी अर्यालले स्कुलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल हुनपर्नेमा जोड दिईन् ।
बुटवल उममहानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत मित्रमणि खनालले शिक्षा विद्यार्थीलाई सर्टिफिकेट प्राप्त गर्नका लागि नभई जीवन उपयोगि सीपका रुपमा प्रयोग हुने गरी अध्यापन गराउन जरुरी भएको बताए ।

कार्यक्रममा बुटवल १७ वडा अध्यक्ष ज्ञान बहादुर रेस्मी, विद्यालयका निबर्तमान अध्यक्ष भिम प्रसाद न्यौपाने,स प्र ना उपरिक्षक रबिन महर्जन, मोतिपुर माबिका प्राचार्य लक्ष्मण मरासेनी, जनप्रतिनिधी राम प्रसाद न्यौपाने ,तुल्सी थारु, सम्पुर्ण सहकारीका अध्यक्ष माया भण्डारी,जनआत्मा निर्भरताका उपाध्यक्ष टिकाराम सुनार,मिलीजुली दलित समुहका कृष्ण नेपाली लगायतले बोल्दै वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्त गर्न जरुरी रहेको बताए ।

वार्षिक उत्सव सप्ताहमा विद्यालयले हाइजम्प,लमजम्प,हिसाब दौड,ब्यालेन्स ग्याम,१०० मिटर दौड,चम्चा दौड,कुर्चि दौड,क्याटरपिलर,अन्तर सदनात्मक वक्तृत्वकला ,हाजिरीजवाफ ,पिटि प्रदर्शन,सास्कृतिक लगायतका अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी एवम सहयोगदाताहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यपक कल्पना भण्डारी ले वार्षिक प्रतिवेदन प्रस्तुतगरेकि थिइन भने कार्यक्रमको सञ्चालन शिक्षक एलिसा सिंजाली को सचांलनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : मंगलबार, माघ १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्