बाँदर निकासी गर्नु हुँदैन : संरक्षणविद्

बाँदर निकासी गर्नु हुँदैन : संरक्षणविद्

काठमाडौँ : संरक्षणविद्हरुले बाँदरको निकासी गर्न नहुने बताएका छन्।

 

 

मंगलवार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा संरक्षणविद्हरुले बाँदरको निकासी गर्न नहुने धारणा राखेका हुन्।

उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्न नहुने बताएका छन्।

बैठकमा संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्न नहुने बताए। उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए।

उनले अत्यधिक दुःख दिएमा सरकारले निर्णय गरेर बाँदर मार्न भने सक्ने धारणा राखे। संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानून रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे।

बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेल मार्न दिनुपर्ने बताए। अथवा बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि बताए।

पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द बढ्दै गएको भन्दै उहाँले अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको बताए।

उनले भने‚ ‘द्वन्द्व बढ्ला भनेर संरक्षित सूचीमा नपरेका वन्यजन्तुहरुलाई मध्यवर्ति क्षेत्रको वनमा शिकार खेल्न पाइन्छ भनेर नियमावलीमै छ यो कुरा। नयाँ जोगीले बढी खरानी धस्छ भनेजस्तै बढी वन्यजन्तुप्रेमी भएर पनि काम छैन । यो पनि एउटा फसल नै हो‚ यसलाई पनि काट्नुपर्छ झिक्नुपर्छ। बाँदरले साँच्चिकै दुःख दिन्छ भने बाँदरलाई मार्नुस्‚ सुकुटी बनाएर बेच्नुस् त्यसमा पनि समस्या छैन।’

बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए।

‘बाँदर निकासी गर्ने हाम्रो धर्म संस्कृतिसँग आबद्ध भारतजस्तो देशले त निकासी अनुमति दिएको छैन। हाम्रो धर्म, संस्कृति मास्ने किसिमको काममा लाग्नु हुँदैन। बढी संस्कृतिसँग सम्बन्धित कुरा हो तर यो शिकार गर्ने जनावर नभएको हुनाले यसको शिकार हुन सक्दैन। यसले दुःख दिएर मार्नुपर्‍यो भन्ने कुरो उठ्यो भने त्यसलाई सरकारले यो विषयमा निकास दिन सक्छ।’

लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए।

उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए। निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाई छ। समस्या समाधानका लागि मानवबस्ती व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनको जोड छ।

उनले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकूल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राखे।

प्रकाशित मिति : मंगलबार, माघ १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij