उपचुनावकाे मिति घाेषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगकाे आह्वान

उपचुनावकाे मिति घाेषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगकाे आह्वान

काठमाण्डाै – निर्वाचन आयोगले उपचुनाव गर्नुपर्ने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर उपचुनावको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । २०७९ सालको वैशाख १० गते पालिका चुनाव र मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएपछि रिक्त पदहरूमा उपचुनाव गर्ने तयारी आयोगले गरेको छ ।

पालिका, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका २३ वटा पद रिक्त रहेकाले उपचुनाव गर्नुपर्ने आयोगले जनाएको छ । पद रिक्त रहेका क्षेत्रहरूको विवरणसहित आयोगले मतदाता नामावली दर्ता गर्न अनुरोध गरेको हो ।

उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी शुरु गरेको आयोगले जनाएको छ । मतदाता नामावली ऐन २०७३ मा चुनावको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ

प्रकाशित मिति : सोमबार, माघ २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij