काठमाण्डाै – क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो ।
नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् ।
अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् ।
यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए । यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए । सोमपाल कामी र कुशल मल्ला समान९/९ रनमा नटआउट रहे । आजको जितसँगै तीन खेलको शृङ्खला नेपालले एक खेलअघि नै जितेको छ ।
प्रकाशित मिति : शनिबार, माघ २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्