प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ ।

यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरुलाई भनेका थिए ।

 

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् ।

प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

 

आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची पनि छ ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij