आज मगर एकता दिवस मनाइँदै

आज मगर एकता दिवस मनाइँदै

१५ फागुन, काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

 

स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने नेपाल मगर संघले जनाएको छ ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

 

तर केही पालिकाहरुले भने फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । रुपन्देही, गुल्मी लगायतकापालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

यसैगरी मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

 

प्रकाशित मिति : मंगलबार, फाल्गुन १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij