काठमाडौं : सरकार र मिटरब्याजपीडितबीच शनिबार पनि वार्ता हुँदैछ । यसअघि शुक्रबार साँझ भएको वार्ता सकारात्मक भएको भनिएको थियो।
यससँगै आज पुनः छलफल गर्न लागेको पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले जानकारी दिए। तर समय भने निश्चित भइनसकेको उनले जानकारी दिए।
मिटरब्याजपीडित संघर्ष समितिका संयोजक नृग नवीनले चौथो चरणको वार्ता सकारात्मक भएकाले शनिबार निष्कर्ष निस्कने विश्वास व्यक्त गरे। यसका लागि आन्तरिक तयारी भइरहेको उनले जानकरी दिए।
संघर्ष समितिमा कुशवहाको संयोजकत्व र सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता भइरहेको छ।
अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।
प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्