सत्ता परिवर्तनको खेल : एमाले सचिवालय र माओवादी पदाधिकारी बैठक जारी

सत्ता परिवर्तनको खेल : एमाले सचिवालय र माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं : सत्ता समीकरणमा फेरबदल आउने संकेतसँगै नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्षको निवास बालकोटमा जारी छ।

 

 

बैठक बिहान ७ बजे देखि जारी रहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। यता सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बालुवाटारमा जारी रहेकाे हो।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको नेताहरुको खुलासा गरेका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको हो।

दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ। नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने नेताहरुको दाबी छ।

आइतबारको बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij