काठमाण्डाै – नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले माओवादीले सहमति तोडेर धोका दिएको पनि निष्कर्ष निकालेको छ । बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । आजको बैठकमा हिजो बर्खास्तीमा परेका मन्त्रीहरू पनि सहभागि थिए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्