बुटवल – आज महाशिवरात्री, विहानैदेखि शिवलयमा श्रद्धाले भक्तजनहरुको घुँइचो लागेको छ । पाल्पाको सिद्धबाबा, रुपन्देहीको बोलबमधाम, मुक्तिनाथ धाम लगायतका शिवालयहरुमा भिड लागेको हो ।
यसै बीच सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताएका छन् । भक्तजनको शुविधाका लागि आज शुक्रबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको अध्यक्ष शेरचनले बताए । बुटवलका योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा गोलपार्कमा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवसथापनलाई सहज बनाउनका लागि बिभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिएको उनले बताए ।
विगत वर्षहरुमा जस्तै यो वर्ष पनि करिब ४० हजार भक्तजनले पूजापाठ गर्ने र त्यसका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन टोकनको व्यवस्था गरिएको उपाध्यक्ष अम्मर प्रधानले जानकारी दिए । सिद्धबाबा मन्दिर बिकास समितिले भक्तजनका लागि निशुल्क प्रसाद वितरण तथा भण्डाराको व्यवस्था गरेको छ । विहान साढे ३ बजेदेखि मन्दिरको मुख्य द्वार खुला गरी पूजापाठ चलिरहेको छ । सिद्धबाबा मन्दिरमा नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत दर्शन गर्न आउने गर्दछन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्