स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ तिलोत्तमाद्धारा डस्टविन वितरण

स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ तिलोत्तमाद्धारा डस्टविन वितरण

तिलाेत्तमा -राष्ट्रिय युवा संघ तिलाेत्तमा नगर कमिटीको अायाेजनामा डस्टविन वितरण गरिएकाे छ ।
राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य कल्पना पाँडे मगरकाे प्रमुख अातिथ्यतामा शनिबार रूपन्देहीको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकालाई डस्टविन हस्तान्तरण  गरिएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाँडे मगरले अाज देशले युवा खाेजिरहेकाे बताइन् । उनले याे समयमा युवाले समाजमा अाफ्नाे पहिचान बनाउनुपर्ने बताउँदै अाजका युवा समाजका विभिन्न काममा अग्रसर हुन जरुरी रहेकाे बताइन् ।

राष्ट्रिय युवा संघको ३५ अाै स्थापना दिवसकाे अवसरमा युवा संघलकाे विविध कार्यक्रमअन्तर्गत नगर कमिटीले शनिबार एक कार्यक्रम गरी डस्टविन हस्तान्तरण गरेको हाे ।

जिल्ला उपाध्यक्ष दिपक खड्कीले युवा संघले हिजाेकाे दिनदेखि नै अान्दोलनसँगै सृजनात्मक काम पनि गरेकाे बताए । शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकाका काेषाध्यक्ष मनिराम भट्टराईले
वनवाटिकाकाे लागि डस्टविन वितरण गरेकाेमा खुसी व्यक्त गरे । कार्यक्रममा उपाध्यक्ष जीवन पाण्डेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव सतिष सापकोटाले गरेका थिए ।
कार्यक्रमकाे समापन गर्दै नगर अध्यक्ष सुवास खत्री क्षेत्रीले वितरण गरेका सामानकाे हेरविचार र सही सदुपयोग गर्नकाे लागि अाग्रह गरे ।

प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij