JanataToday.com

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले आज विश्वासको मत लिने कार्यसूची, विपक्षी दलले अवरोध गर्ने भनेकाले अन्योल

प्रधानमन्त्रीले आज विश्वासको मत लिने कार्यसूची, विपक्षी दलले अवरोध गर्ने भनेकाले अन्योल

file photo

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले प्रतिनिधिसभामा आज विश्वासको मत लिने कार्यसूची छ । तर कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने बताएकाले आजको संसद बैठक सञ्चालन हुनेमा अन्योल देखिएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सहज बनाउन अस्ति शनिवार कांग्रेस, एमाले, माओवादी र रास्वापाबीच संसदीय छानबिन समिति गठन विषयमा समझदारी बनाए पनि क्षेत्राधिकार विवादले समिति बन्न सकेको छैन ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यसअघि फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १०, नाउपाका ४ र दुई जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । जसपा विभाजन भएपछि जसपा नेपालका ५ जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई बाँकी १५२ जनाको समर्थन कायमै छ ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल आफ्नो दल छोडेका ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij