काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ।
एमाले कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले वर्तमान सरकारबाट बाहिरिने तर नयाँ गठबन्धनमा पनि सामेल नहुने निर्णय लिएको हो।
अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए। ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ। नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं।’
परियारले नयाँ गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे। दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ।
प्रकाशित मिति : मंगलबार, असार १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्