दिउँसो घामपानी, राति भारी वर्षा

दिउँसो घामपानी, राति भारी वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुनसक्ने छ ।

महाशाखाका अनुसार अरु बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

वरिष्ठ मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरसँग भने, ‘दिउँसो घामपानी र राति वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।’

काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अपराह्न भने बदली र वर्षाको सम्भावना रहेको मौसमविदको पूर्वानुमान छ ।

महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा अहिले सरदर स्थानमै छ । यद्यपि तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा आगामी केही दिन मनसुन हल्का सक्रिय हुने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक आउने सम्भावना रहेकाले केही स्थानमा भारी वर्षा हुनसक्ने बताएका छन् । उनका अनुसार मध्य तराईरचुरे क्षेत्रमा सोमबार राति भारी वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : सोमबार, साउन १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij