पोखरा – पोखरामा बिहान भएको बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि मृत्यु भएको हो।
दुर्घटनामा घाइते उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो। बसमा सवार अन्य घाइतेहरूको पोखराका विभिन्न तीन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस सडकबाट झन्डै ५० मिटर तल खसेको थियो। बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी २३ जना सवार रहेको बताइएको छ।
बस दुर्घटना लगत्तै घाइतेहरुलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा लगिएको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, साउन १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्