देशका ७३ जिल्ला फैलियो डेंगु‚ विरामीको संख्या २ हजार नाघ्यो

देशका ७३ जिल्ला फैलियो डेंगु‚ विरामीको संख्या २ हजार नाघ्यो

काठमाण्डौ – देशभर दुई हजारभन्दा धेरैमा डेंगी रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी काठमाण्डौमा दुई सय ४९ जनामा डेंगी देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

काठमाण्डौ उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगीको सङ्क्रमण देखिएको छ । काठमाण्डौमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा सङ्क्रमण देखिएको हो । डाक्टर दाहालले डेंगी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

डाक्टरहरुकाअनुसार डेंगीबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिन, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्ने बेला झुलको प्रयोग गर्न र पूरै शरीर छोपिने लुगा लगाउन डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij