विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा

विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा

 

बङ्गलादेश

बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ । बिहानदेखि सयौंको सङ्ख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेका आन्दोलनरत विद्यार्थीको आरोप छ ।

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन । प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको विद्यार्थी आन्दोलनकारीको आशंका छ ।

विद्यार्थीको आन्दोलनकै कारण पूर्व प्रधानमन्त्री शेख हसिना देशबाट भागेर भारत पुगिसक्नुभएको छ । सरकारी जागिरको व्यवस्था गरेको कोटा प्रणालीको विरोधमा बङ्गलादेशमा विद्यार्थीले आन्दोलन गरेका हुन्

प्रकाशित मिति : शनिबार, साउन २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij