मन्त्रिपरिषद् बैठक बस्दै, मुख्यसचिव नियुक्तिको तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, मुख्यसचिव नियुक्तिको तयारी

काठमाडौं : मन्त्रिपरिषद्को बैठक बस्दैछ।

 

 

आज साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको छ। आजको बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने जनाइएको छ। मुख्यसचिव लिलादेवि गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ।

एक महिना अघि मुख्य सचिव बनेकी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन्।

अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ।  मुख्यसचिव प्रधानमन्त्रीकै विश्वास पात्र हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने छन्।

अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर  तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन्।

अहिले गृहसचिव एकनारायण अर्यालको सम्भावना बलियो देखिन्छ। एमालेसँग सुरुदेखि नै राम्रो सम्बन्ध भएका अर्यालको सम्भावना बलियो देखिएको हो।

प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij