बुटवल,
शुभ लाभको लक्ष्य,सुखी र समृद्ध सदस्य भन्ने मुल नारासहित स्थापित सहकारी संस्था शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष लालकाजी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै खनालले सहकारी सेयर सदस्यको आर्थिक विकासका लागि मेरुदण्ड भएकाले सबै सदस्यको विशेष चासो सहकारीप्रति हुनुपर्ने बताए । पछिल्लो समय राम्रा सहकारीलाई पनि खराब सहकारी भन्ने सन्देश प्रवाह भएकाले सबै सहकारी खराब नभएको बताउँदै शुभ लाभ सहकारीले राम्रो गरेको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष लालकाजी राजभण्डारीले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रविण मान श्रेष्ठले आ.व. २०८१÷८२ को अनुमानित वार्षिक बजेट तथा आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक रामनाथ गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष प्रेमप्रकाश शर्मा, सेयर सदस्य धर्मराज अर्याल र रमेश प्रसाद बस्यालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारीले असल बचतकर्ता, असल ऋणि, ज्येष्ठ सेयर सदस्य, प्लस टु मा उत्कृष्ट जीपीए प्राप्त गर्ने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । सहकारीका उपाध्यक्ष वसन्त जोशीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव ज्ञान बहादुर पुनले गरेका थिए ।
प्रकाशित मिति : शनिबार, भाद्र १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्