काठमाण्डाै – आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ ।
मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पद खाली छन् ।
प्रकाशित मिति : बुधबार, असोज २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्