अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ ।
यो आँधी फ्लोरिडातर्फ २ सय ८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको गतिमा पुग्ने भएकाले भोलि बुधवार राति वा पर्सि बिहिवार विहान जमिन भासिने वा पहिरो जाने जोखिम बढेको अमेरिकाको राष्ट्रिय आँधी सूचना केन्द्र यूएस नेशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ ।
यस आँधीले ठूलै विनाश गर्ने भन्दै फ्लोरिडाका स्थानीयवासीलाई सकेसम्म छिटो सुरक्षित ठाउँमा सर्न गभर्नर रोन डेसेन्टिसले आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
सन् २००५ को क्याट्रिना आँधीपछिको सबैभन्दा घातक मानिएको हेलेन आँधी आएको १० दिनमै फेरी मिल्टन आँधीको चेतावनी आएको हो । हेलेन आँधीका कारण अमेरिकाको दक्षिण–पूर्व मा कम्तिमा २ सय २५ जनाको न्याज गएको छ भने अझै सय जनाधन्दा धेरै बेपत्ता छन् ।
मेक्सिकोको खाडीमा रहेको समुद्री आँधी मिल्टन आज मङ्गलवार त्यहाँ कमजोर हुने अपेक्षा रहेको तर भोलि वा पर्सि फ्लोरिडाको टम्पा खाडीमा आइपुग्दा सक्रिय भएर बढी क्षति गर्ने खबरमा उल्लेख छ ।
प्रकाशित मिति : मंगलबार, असोज २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्