उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित गरेको छ । उत्तर कोरियाले भर्खरै संशाेधन गरेको संविधानमा दक्षिण कोरियालाई शत्रु राज्यका रूपमा परिभाषित गरेको छ ।

उत्तर र दक्षिण कोरियाबीचको तनाव वर्षाैंयताकै उच्च विन्दुमा पुगेको अवस्थामा उत्तर कोरियाली अखबार ‘रोदोङ सिनमुन’ ले संविधान संशोधनलाई ‘अपरिहार्य र वैध उपाय’ का रूपमा व्याख्या गरेको जनाएको छ ।

गएको जनवरी महिनामा उत्तरका नेता किम जोङ उनले दक्षिणलाई आफ्नो सत्ताको ‘एक नम्बरको शत्रु’ भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको छ ।

उत्तर कोरियाले मङ्गलवार दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गलाई विस्फोट गराएर ध्वस्त पारेको थियो । उत्तर कोरियाली मिडियाले यसलाई उत्तर र दक्षिण कोरियालाई पूर्णरूपमा अलग गर्ने कदमको कार्यान्वयनको भागका रूपमा वर्णन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गएको वर्षको डिसेम्बर महिनाको शुरूमै उत्तर कोरियासँग एकीकरण त्यागेका कारण केही पर्यवेक्षकहरूले संविधान संशोधनलाई ठूलो मात्रामा प्रतीकात्मक कदमका रूपमा हेरेका बीबीसीले जनाएको छ ।

दुई देशबीच सन् १९५३ मा युद्ध अन्त्य भए पनि औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर नभएका कारण अहिले पनि प्राविधिक रूपमा उत्तर र दक्षिण कोरिया एकअर्काविरुद्ध युद्धकै अवस्थामा छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij