उत्तरी गाजामा इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गयाे

उत्तरी गाजामा इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गयाे

उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तीमा ७३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले जनाएका छन् ।

शनिवार राति भएको आक्रमणमा धेरै जना घाइते भएको उल्लेख छ तर घाइतेहरूको सङ्ख्या उपलब्ध छैन । हमासका अधिकारीहरूले बम विष्फोटपछि धेरै मानिस अझै पनि भग्नावशेषमुनि फसेका बताएका खबरमा उल्लेख छ ।

यो आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । इजरायली सेनाले हमासले घटनाको बारेमा बढाइचढाइपूर्ण जानकारी दिएको र यो आफूहरूको जानकारीसँग नमिल्ने बताएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्णरूपमा बन्द भएकाले उद्धार कार्यमा बाधा पुगेको बताएका छन् । इजरायलले पछिल्लो आक्रमणमा भीडभाड भएको ठाउँलाई निशाना बनाएको हमास नियन्त्रित सरकारी मिडियाले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij