हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गर्दै इजरायली आक्रमण

हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गर्दै इजरायली आक्रमण

इजरायलले लेबनानको राजधानी बेरुतका कैयौं ठाउँमा बमबारी गरेको छ । इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानहरूलाई निशाना बनाएको बीबीसीले जनाएको छ ।

यो आक्रमणअघि इजरायलले बेरुतको २४ ठाउँमा आक्रमण गर्ने योजना बनाएको चेतावनी दिएको थियो । इजरायली सुरक्षा बल (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकलाई निशाना बनाउने बताएको थियो । आईडीएफका प्रवक्ताले आउँदा दिनमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा सबै सामु ल्याउने पनि बताएका थिए ।

यसैबीच इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह शहरमा आठ वटा हवाई आक्रमण गरेको खबरमा उल्लेख छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ । हिजबुल्लाहले पनि इजरायलको सैन्य क्षेत्रलाई निशाना बनाउँदै रकेट आक्रमण गरेको बताएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij