भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । आज र भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी रुस जानु अघि भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखामा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको  छ ।

भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्तापछि सम्झौता भएको भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताउनुभएको छ । सम्झौतासँगै सन् २०२० सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्याे त्यहाँँसम्म फेरि गस्ती गर्न पाउने उहाँको भनाइ छ ।

सन् २०२० मा सीमा क्षेत्रमा भएको झडपमा भारतीय सैनिकको ज्यान गएपछि विवाद बढेको थियो । सुरक्षा विज्ञहरुले अहिलेको सम्झौतालाई दुई देशबीचको सम्बन्ध सुधारको सङ्केतको रूपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij