काठमाडौँ,
दुबइको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि हिजो देखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट जिएसए युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ मा ल्यान्ड हुनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उक्त जहाज दुबई उड्नेछ । फ्लाई दुबईले भैरहवा विमानस्थलमा दुबई बाट ल्याएका यात्रु ओरालेर र त्यहाँबाट दुबई जाने यात्रुलाई लिएर काठमाडौँ उड्ने छ । फ्लाई दुबईले काठमाडौंमा एक घण्टा रोकीएर दुबई उड्ने गरी प्राधिकरणबाट अनुमति पाएको हो ।
यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।
यसैबिच फलाइ दुबईको उडान सञ्चालन टिमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक प्रतवबाबु तिवारीले बताए । यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उनि बताउछन् ।
यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार उडान भर्नेछ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्