कास्कीमा म्याद थपिएकै दिन रविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति

कास्कीमा म्याद थपिएकै दिन रविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति

काठमाडौँ : कास्की जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएकै दिन रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउको अनुमति दिएको छ।

 

जिल्ला अदालत रुपन्देहीले बिहीवार लामिछानेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले  जानकारी दिए।

उनले ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको जानकारी दिए। यो अनुमतिसँगै अब लामिछानेमाथि रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ।

उक्त सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

अहिले लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन्। आज दोस्रो पटक उनीमाथिअनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ। यसअघि पहिलो पटक ६ दिन म्याद थप भएको थियो।

प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij