काठमाण्डाै – सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ ।
कांग्रेसका सभापति देउवाले सबै किसिमबाट वर्तमान सरकारले गति लिएको दाबी गर्नुभयो । विपद्का बेलाको उद्धार तथा त्यसपछिको राहत र व्यवस्थापनमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सरकारले राम्रो काम गरेको छ । सरकारले गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । सरकारकाे कामबाट काँग्रेस सन्तुष्ट छ ? कसले भन्यो असन्तुष्ट छ भनेर ।’
सभापति देउवाले वर्तमान सरकार पूरा कार्यकाल अर्थात् एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताउनुभयो ।
सभापति देउवाले अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक रहेको उल्लेख गर्नुभयाे ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्