तिलोत्तमा,
कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आफ्नो १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले विग चियर रिर्सोटमा आफनो १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले सहकारीलाई सही ढंगले संचालन गर्नका लागि सबैले सहकारीका सिद्धान्तको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला सहकारी संघका सचिव एवं संस्थाका सल्लाहकार बेल प्रसाद शर्माले सहकारीमा भएका देशव्यापी घटनाक्रमले सहकारीका शेयर सदस्यहरु त्रसित भइरहेको अवस्थामा पनि कालीगण्डकी सहकारीले आफनो प्रतिष्ठा बचाइराखेको उल्लेख गर्नुभयो । उहाँले गलत काम गर्ने केही सिमित सहकारीका कारण राम्रो काम गरिरहेका सहकारीलाई गलत नजरले हेर्न नहुने तर सबै शेयर सदस्यहरु आफनो बचत रकमको बारेमा सचेत हुनुपर्ने बताउनु भयो ।
साधारणसभाका अबसरमा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाले बार्षिक कार्यक्रम तथा भावी कार्ययोजना प्रस्तुत गर्दै सबै शेयर सदस्यहरुलाई आफ्नो सहकारी बारे चिन्ता र चासो बढाउन आग्रह गर्नुभयो । सो अबसरमा संस्थाका लेखा समिति संयोजक बलराम ढकालले संस्थाको बार्षिक लेखा प्रतिवेदन , कोषाध्यक्ष हरि प्रसाद बश्यालले संस्थाको बार्षिक आय व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका ज्येष्ठ शेयर सदस्य इन्द्र प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभामा संस्थाले सहकारीका नियम विनियम तथा प्रचलित ऐन कानुन परिमार्जन गर्ने तथा सम्पति शुद्धिकरण नियमावली कार्यान्वयनका लागि पनि सभामा अनुमोदन सहित पारित गरेको छ । कार्यक्रममा सहभागिका तर्फबाट इन्दिरा देवी सापकोटा तथा रुमाकान्त तिवारीले सहकारी संस्थाहरुले सही ढंगले उत्पादनमुखी क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई बचत रकमको विषयमा शुभकामना मन्तव्य राख्नु भएको ढुक्क बनाउनु पर्ने बताउनु भयो ।
संस्थाका उपाध्यक्ष प्रभा भण्डारी घिमिरेको स्वागत मन्तव्य तथा सचिव कल्पना शर्माको संचालनमा कार्यक्रम सम्न्न भएको हो ।
प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्