काठमाण्डौ – दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।
शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान ४ बजे म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतले बताउनुभयो । उहाँका अनुसार जीपमा अरु यात्रु पनि रहेको हुनसक्ने आशङ्कामा खोजी भइरहेको छ ।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्