JanataToday.com

Advertisment

SKIP THIS

स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो

स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो

स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीमा परी घाइते भएकाहरूको सङ्ख्या भने उल्लेख भएको छैन । भिल्लाफ्रान्का डे एब्रो शहरमा शुक्रवार बिहान आगलागी भएको र स्थानीय अधिकारीहरूले हेरचाह गृहमा ८२ जना मानिस बस्दै आएका बताएका छन् ।

स्थानीय रिपोर्टहरूका अनुसार यो केन्द्र १६ वर्षअघि सेवानिवृत्ति गृहका रूपमा खोलिएको थियो र पछि डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने समस्या र मानसिक स्वास्थ्य समस्या भएकाहरूको हेरचाहमा विशेष बनाइएको थियो ।

नौ वर्षअघि जरागोजा क्षेत्रमा रहेको अर्को सेवानिवृत्ति गृहमा भएको आगलागीमा परी नौ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij