स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो

स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो

स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीमा परी घाइते भएकाहरूको सङ्ख्या भने उल्लेख भएको छैन । भिल्लाफ्रान्का डे एब्रो शहरमा शुक्रवार बिहान आगलागी भएको र स्थानीय अधिकारीहरूले हेरचाह गृहमा ८२ जना मानिस बस्दै आएका बताएका छन् ।

स्थानीय रिपोर्टहरूका अनुसार यो केन्द्र १६ वर्षअघि सेवानिवृत्ति गृहका रूपमा खोलिएको थियो र पछि डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने समस्या र मानसिक स्वास्थ्य समस्या भएकाहरूको हेरचाहमा विशेष बनाइएको थियो ।

नौ वर्षअघि जरागोजा क्षेत्रमा रहेको अर्को सेवानिवृत्ति गृहमा भएको आगलागीमा परी नौ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij