काठमाण्डौ –
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो ।
वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ । उहाँले २०४८ सालको आमचुनावमा काठमाण्डौ क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख हुनुभएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा हुन्छ ।
ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित हुनुभएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्