नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै उहाँले समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गर्नुभएको हो ।

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै रोग लाग्न नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्‍याउन गएको साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गर्नुभएको थियो ।

त्यसै अनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २) ८१’स्वीकृत गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ ।

अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा छ । अब उपचारसँगै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लैजानुपर्ने मन्त्री पौडेलले बताउनुभएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij