JanataToday.com

Advertisment

SKIP THIS

वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभागी हुन नपाएको लुम्बिनीका महिला सांसदहरुको गुनासो

वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभागी हुन नपाएको लुम्बिनीका महिला सांसदहरुको गुनासो

 

बुटवल -दलित महिला महासंघले रुपन्देहीमा आयोजना गरेको वार्षिक बजेट र योजना प्रक्रियामा संघीय सांसदहरु र लुम्बिनी प्रदेश सभा सदस्यहरुबीच सिकाइ आदान प्रदान कार्यक्रममा
लुम्बिनीका महिला सांसदहरुले संघ र प्रदेशले बनाउने वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभागी हुन नपाएको गुनासो गरेका छन् । महासंघले मङलवार लुम्बिनी प्रदेशबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने महिला सांसदको अनुभव र सिकाइ आदानप्रदान गर्न कार्यक्रम आयोजना गरेको थियो ।
महिला सांसदहरु धेरै समानुपातिक प्रणालीबाट जाने तर, सरकारले प्रत्यक्षलाई मात्र बजेट तर्जुमा प्रक्रियामा सहभागी गराउदा पनि आफूहरु योजना छनोट र बजेट उपयोगमा छुटेको महिला सांसदहरुले दुखेसो गरेका हुन ।

कार्यक्रममा वार्षिक बजेट र योजना प्रक्रियाबारे संघीय सांसद इश्वरी घर्तीले व्यवहारिक रुपमा समान हैसियतका लागि सिकाइलाई निरन्तरता दिदै एकतावद्ध रुपमा मुद्धा उठाउन प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
संविधान सभा सदस्य डिना उपाध्यायले महिलालाई विचरा र अवलाका रुपमा हेर्ने दृष्टिकोण नफेरिएकाले सदन र सरकारमा पुगेपनि महिलाहरुलाई समानत हैसियत नदिने बताउनुभयो ।
प्रदेश सभा सदस्य निमा गिरीले प्रदेश तहको बजेट तर्जुमाबारे सहजीकरण गर्दै योजना तर्जुमा प्रक्रियामा सांसदहरुको भूमिका नलेखिएको हुदा सरकारमा सहभागी हुने र दलिय प्रतिनिधित्व गर्ने पुरुषहरु मात्रै सहभागी हुने प्रचलन रहेको बताउनुभयो ।

त्यस्तै छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकाल ,पुर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारी , धनलक्ष्मी श्रेष्ठले महिलाका सबालमा राजनीतिक दलहरु पूर्वाग्राही हुने भएकाले एकताको आवश्यकता रहेको बताउदै बजेट पूर्वको छलफल, नीति पूर्वको छलफलमा सहभागी हुन नियमित प्रदेश सभा र सरकारका क्रियाकलापलाई निगरानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम उद्घाटनमा बोल्दै दलित महिला महासंघका अध्यक्ष विमला विक , कार्यबाहक अध्यक्ष जसमाया गजमेर, महासचिव सरस्वती नेपालीले सबै नीतिको मूल नीति राजनीति भएकाले सांसदहरुको भूमिका अझ बढाउनु पर्ने भन्दै प्रदेश सभामा नेतृत्व गर्ने महिलाहरुको क्षमता बढाउदै बजेट र योजना प्रक्रियामा अगुवाइ गर्नसक्ने बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
द एसिया फाउन्डेसनको सहयोगमा संचालित प्रदेशका महिला सभा सदस्यहरुको प्रभावकारी नेतृत्वको लागि सहकार्य कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij