बुटवल-प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले नमस्ते नेपालले आफ्नो पहिचान देखिने गरी काम गर्न आग्रह गरेका छन् । नमस्ते नेपालको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय पहिलो भेलामा बोल्दै उनले लैंगिक विभेदविरुद्ध र वातावरण सरसफाइको क्षेत्रमा विशेष काम गर्न आग्रह गरेका हुन् । प्रमुख अतिथि घिमिरेले संगठन निर्माणमा पनि जोड दिँदै विभिन्न पालिकाहरुसँग समन्वय गरी समाजमा प्रतिफल देखिने गरी काम गर्न सुझाएका छन् ।
भेलामा संस्थापक अध्यक्ष तथा संरक्षक अर्जुन खरेलले युवाहरुमा निराशा छाएकाले अब भने युवाहरु संगठित हुँदै अवसर खेजिरहेको बताए । यसअघि गण्डकी प्रदेशमा समिति गठन गरिसकेको जनाउँदै
हाल लुम्बिनीमा गठन गर्दै अब छिट्टै नेपालका सातै प्रदेशमा प्रदेशस्तरीय समिति गठन गर्ने बताए ।
शुभेच्छुक मुकुन्द ज्ञवालीले युवाहरु आफूभित्रको दक्षता बुझेर कुनै न कुनै क्षेत्रमा सृजनशील बन्नुपर्नेमा जोड दिँदै
सकारात्मक सोँचका साथ कुनैपनि काम गरेमा प्रतिफल प्राप्त गर्न सकिने बताए । शुभेच्छुक राजिव गौतमले नकारात्मक सोँच छोडेर सकारात्मक सोँच राखेर काम गर्नुपर्ने बताउँदै युवाहरू गफमा नभई कर्म जरुरी रहेको बताए । उनले समाज परिवर्तनको लागि सीपसँगै दृढ संकल्प चाहिने र आ फ्नो काम अरु कसैले नभई आफैले गर्न जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेश इन्चार्ज तथा कार्यक्रम संयोजक विपिन नेपालको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष बरदान आचार्यको स्वागत तथा सञ्चालन अस्मी खड्काले गरेकी थिइन् ।
साथै जीवन पाण्डेको अध्यक्षतामा लुम्बिनी प्रदेशस्तरीय नयाँ नेतृत्व चयन भएको छ । जीवन पाण्डे गुल्मी अध्यक्ष उपाध्यक्ष मेघराज बस्याल पाल्पा , महिला उपाध्यक्ष अस्मिता पाण्डे रुपन्देही चयन भएका छन् । त्यस्तै सचिव अनु कालिकोटे रुपन्देही , सहसचिव प्रतिमा भुसाल रुपन्देही , अञ्जु अर्याल गुल्मी , कोषाध्यक्ष साजन खनाल अर्घाखाँचीलगायत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्