भैरहवामा उडान स्थगित गर्न फ्लाई दुबईसहित तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र

भैरहवामा उडान स्थगित गर्न फ्लाई दुबईसहित तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र

n'lDagL, @& df3 M e}/xjfdf lgdf{0ffwLg uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn 6fj/ . t:jL/ M g/]z s];, /f;;

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल उडान गर्न नसकिने भन्दै तीनवटा वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाएका छन् । जजीरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित जानकारी गराएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अहिले भैरहवामा १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो विमान अवतरणका लागि पर्याप्त होइन । एटीआरलगायत ठुला जहाजका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन)  प्रणाली नभएका कारण यो समस्या देखिएको हो । आरएनपीएआर एप्रोच जडान भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटमा पनि जहाज अवतरण गर्न सक्छन् । प्राधिकरणले माघ १० भित्र आरएनपीएआर एप्रोच प्रणाली जडान गर्ने जानकारी गराएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij