JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमामा छैंठौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने,प्रतियोगिताको तयारी पूरा

तिलोत्तमामा छैंठौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने,प्रतियोगिताको तयारी पूरा

तिलोत्तमा ,
तिलोत्तमा नगरपालिकामा छैंठौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा यहि मङ्सिर २७, २८ र २९ गते तीन दिनसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समिति तिलोत्तमाका अध्यक्ष लोक पुनले जानकारी दिएका छन् ।

तिलोत्तमा(४, जनज्योति खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पुनले जानकारी दिए ।प्रतियोगिताको बारेमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर(४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले रनिङ्ग शिल्ड गौरवको कुरा भएको र खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै उनले खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए ।

प्रतियोगितामा ५४ विधामा खेल हुने छन् एथ्लेक्टिक्सतर्फ २६ इभेन्टहरु हुने छन् भने करातेतर्फ १२, तेक्वान्दो तर्फ १२, भलिबलतर्फ २ र कबड्डीतर्फ २ विधामा खेल हुनेछ । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका अम्योजक तथा अध्यक्ष लोक पुनले बताए ।रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु हुने छन् ।

प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij