तिलोत्तमा वडा नं तीनमा नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अन्र्तगत संचालित विषेश १०० दिने अभियान सम्पन्न

तिलोत्तमा वडा नं तीनमा नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अन्र्तगत संचालित विषेश १०० दिने अभियान सम्पन्न

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (0, -1); aec_lux: 310.2321; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

तिलोत्तमा,

नेपाली काँग्रेसले आफ्नो पाटिको संगठन सुदृढीकरण गर्दै १०० दिने विषेश अभियान शुरु गरेको छ । यस अभियान अन्र्तगत आज तिलोत्तमा नगरपालिका वडा नं तीनमा नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अन्र्तगत संचालित विषेश अभियान सम्पन्न भएको छ । तिलोत्तमा वडा नं तीनमा प्रतिनिधिका रुपमा प्रदेश प्रतिनिधि शरद भट्टराइले वडामा नेपाली काँग्रेस पाटिको अबस्था , नियमित बैठक,भेला, जनप्रतिनिधि हरु सँगको पहुँच प्रभाबकारिताका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

 

 

 

 

उहाँले राख्नु भएका जिज्ञासाको बारेमा महासमिती सदस्य चित्र बहादुर केसी, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी पौडेल , पत्रकार तथा प्रदेश प्रतिनिधि खिमानन्द भट्टराई , क्षेत्रिय सदस्य कर्ण बहादुर टण्डन, वडाका जनप्रतिनिधि एवं वडाध्यक्ष कल्याण प्रसाद पौडेल, राजु प्रसाद उपाध्याय, इन्द्रा जिसी , शुशिला खनाल ले आ आफ्ना धारणा राख्नु भएको थियो ।
सो अबसरमा वडा अध्यक्ष केशरी पाण्डेले समसामयीक विषय माथि प्रकाश पार्दै वडाले गरेका गतिविधि नगर, जिल्ला, प्रदेश हुदै केन्द्रमा समेत पुग्नुपर्ने धारणा राख्नु भयोे । साथै उहाँले वडामा पाटिको अवस्था सन्तोषजनक भएको , जनप्रतिनिधि र पाटीको भुमिका सकारात्मक रहेको प्रष्ट पार्नुु हुदै आगामी दिनमा वडामा कार्यकता प्रशिक्षण्का कायक्रम आवश्यक रहेको बताउनु भयो । नेपाली काँग्रेस वडा सचिव दिनेश मणी सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो

प्रकाशित मिति : आइतबार, पुष ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij