अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटनामा परेको छ । ६७ जना यात्रु बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना यात्रु बाँच्न सफल भएका र तीमध्ये २ जनालाई अस्पताल लगिएको काजाकस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ । दुर्घटनामा परेको विमानमा ६२ जना यात्रु पाँच जना चालक दलका सदस्य रहेका थिए । विमान अक्ताउ शहर नजिकै खसेपछि आगलागी भएको खबरमा उल्लेख छ । अहिले विमानमा लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन् ।

अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनाबारे अजरबैजान एअरलाइन्सले अहिलेसम्म केही बताएको छैन ।

प्रकाशित मिति : बुधबार, पुष १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij