JanataToday.com

Advertisment

SKIP THIS

महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारीको आठौ साधारण सभा सम्पन्न

महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारीको आठौ साधारण सभा सम्पन्न

बुटवल
बुटवल उपमहानगरपालिका मा वडा नम्बर १३ मा रहेको महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारी संस्था लिमिेटेड को आठौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बुटवलको वडा नं १३ मा रहेको उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले सहकारी सिद्धान्त अनुरुप आफना सदस्यहरुको आर्थिक तथा समाजिक बिकासको लागि सेवा तथा सुविधा उपलब्ध गराउन वितिय कारोबार मात्र नभै हरेक सदस्य संग केन्द्रित रहेर सामाजिक कृयाकलापमा जोडिएर सदस्य केन्द्रित कार्यक्रम संचालन गर्ने संस्था प्रयत्नसील रहेको साथै शेयर सदस्य बृद्धि कार्यलाई निरन्तरता दिएर २५जना महिलाबाट शुरु भएको सहकारी यस बर्ष ४००को हराहारी पूरयाउने सहकारीको कार्य क्षेत्र बिस्तार गर्ने सदस्यहरुको मनोभावलाई मध्यनजर गरि कुनै उद्यमसिल कार्य सुरु गर्ने बिश्वास दिलाउदै विगतका कार्यक्रमलाई निरन्तरता दिने गरि अध्यक्ष संस्थाका अध्यक्ष नमकला बेलबासेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ । सस्थाले विगत बर्ष देखि शेयर सदस्य मध्ये संस्थका जेष्ठ सदस्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान साथै त्यसै अवसरमा सहकारीको सदस्य बृद्धिमा विशेष योगदान गरेका शेयर सदस्य लाई प्रशंसा पत्र सहित सम्मान गरिएको सस्थाका व्यबस्थापक सृष्टि आचार्यले बताउनु भयो ।

No description available.

साधारण सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सहकारीको लगानी उत्पादन संग जोडेर शेयर सदस्यहरुको आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेल्नु’ पर्नेमा जोड दिनुभयो। सहकारीले बिगतमा महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणमा महत्वपुर्ण भुमिका खेलेकोमा प्रसंसा गर्दै उनले नगरपालिकाले संचालन गर्ने महिला स्वरोजगार सम्बन्धि कार्यक्रम मार्फत सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

No description available.त्यस्तै बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १३का अध्यक्ष नारन पुनले शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखी राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो । उहाँले सहकारीले उहाँले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिनुभयो । बिशिष्ट अतिथि लाल बहादुर गुरुगले आठौ बर्ष आइपुगेकोमा शुभकामना दिदै सस्थालाइ अधि बठाउन सहयोग गर्ने बताउनु भयो । सल्लाहकार पुरुषोत्तम बस्याल खिमानन्द पौडेलले आठौ बर्ष आइपुगेकोमा शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखी राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो साधारण सभामा सस्थाका कोषध्यक्ष जानका पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ भने सस्थाको आर्थिक बर्ष २०८१÷८२को वार्षिक प्रतिवेदन आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितीका संयोजक राधा पोखरेल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सस्थाका सचिव डिला गाहाले सञ्चालन गर्नु भएको थियो

No description available.

 

प्रकाशित मिति : सोमबार, पुष १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij