बुटवल- बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीले जीत हात पारेका छन् । बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको मदन भण्डारी आयोजक एकेडेमीले रुकुममाथि सहज जित निकालेको हो । आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।एकेडेमी पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा थियो । तेस्रो सेटबाहेक एकेडेमीले खासै चुनौतिको सामना गर्नु परेन । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग ३–१ मा पराजित भएको थियो । रुकुम मणिमुकुन्द भलिवल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतवार मणीमुकुन्दसंग गर्नेछ । दुबै खेल गुमाएको रुकुमपश्चिमले सोमवार पुलिसको सामना गर्ने छ । उता एपिएफले करिब ३ घण्टाको समय खर्चेर गल्कोट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको छ । चिसो र हुस्सुसंगै शीत परेपछि मैदान भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रवार पुनः खेलाइएको थियो । हिजो चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रवार पहिलो सेट २५–१५ मा सहजै जितेको एपिएफले संघर्षपूर्ण खेलमा दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्यो । एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए । तर गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीले तेस्रो र चौथो सेट जित्यो। गल्कोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अंकमा जितेको थियो । निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०–१८ ले जित्यो । समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् । रुकुम पश्चिमले दुबै खेलगुमाएको छ। पमदन भण्डारी एकेडेमी १ जित र १ हार बेहोरेको छ । पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाख , दोस्रोले ३ लाख ५० हजार, तेस्रोले१ लाख ७५ हजार र चौथोले १लाख रुपैयाँ पाउनेछ।
प्रकाशित मिति : शुक्रबार, पुष १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्