JanataToday.com

Advertisment

SKIP THIS

नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा

नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा

बुटवल,

नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३(१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो सेट गुजरातले २७(२५ को स्कोरमा जित्न सफल भए तापनि, त्यसपछि नेपाल पुलिस क्लबले लगातार तीन सेट जितेर ३(१ को कुल सेट स्कोरमा गुजरातलाई हराएको हो। दोस्रो सेटमा पुलिसले २५(१४, तेस्रो सेटमा २५(२१ र चौथो सेटमा २७(२५ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए।

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको दोस्रो सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बीच प्रतिस्पर्धा भइरहेको छ। त्रिभुवन आर्मी क्लब समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

प्रतियोगिताको फाइनल खेल चिसो र शितलहर का कारण स्थगित भएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij