अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण गयो पाँच जनाको ज्यान

अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण गयो पाँच जनाको ज्यान

अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।

जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति मङ्गलवारदेखि जङ्गल र आसपास चारैतर्फ तीव्र फैलिएको आगो मध्य पालिसेड्स, ईटन, हर्स्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ ।

लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपर जङ्गलमा लागेको आगोलाई नियन्त्रण गर्न पानीको अभाव भएको बताएका खबरमा उल्लेख छ ।

पालिसेड्सबाट २७ हजार मानिसलाई स्थानान्तरण गरिएको छ भने ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ ।

पालिसेड्सका अधिकारीहरुले अहिलेको मौसममा त्यहाँ आगो लाग्नु स्वभाविक मानिएको तर अहिलेको आगो र डढेलो इतिहासमा सबैभन्दा विनाशकारी भएको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले आपतकालीन अवस्थाको आँकलन गरेर शीघ्र क्षति कम गर्न आवश्यक पहलका लागि निर्देशन दिइसकेको छ । आगो फैलिएको क्षेत्रमा विमान र दमकल परिचालन गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij