JanataToday.com

Advertisment

SKIP THIS

वेस्ट इन्डिजसँग यू–१९ नेपाली महिला टाेली ९ रनले पराजित

वेस्ट इन्डिजसँग यू–१९ नेपाली महिला टाेली ९ रनले पराजित

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा अलआउट भयो । नेपालकी सिमाना केसीले २३ तथा कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए । वेस्ट इन्डिजकी तृषा हार्दत, आलियाह वीकिस र आमियाह गिल्बर्टले २/२ विकेट लिए ।

यसअघि मलेसियामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनायो । वेस्ट इन्डिजकी समरा रमनाथले २५, असबी कलेन्डेरले २३ रन बनाए । नेपालकी रचना चौधरी र सिमाना केसीले १/१ विकेट लिए ।

नेपाली टाेलीले दाेस्राे अभ्यास खेलमा पर्सि माघ २ गते अमेरिकासँग खेल्नेछ । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो माघ ५ देखि माघ २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।

नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij