काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पद वहाली गर्नुभएको छ ।
उहाँलाई युवा तथा खेलकुद मन्त्रालयमा सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । त्यसपछि राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायत पदाधिकारीले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गर्नुभएको थियो ।
पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उप महानगरपालिका-७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधी सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त रहँदै आएको थियो । आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मिति : सोमबार, पुष २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्