तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा खेलकुद सप्ताह २०८१ कार्यक्रम अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका बिध्यार्थी हरुकाे खेलकुदका कार्यक्रम सम्पन्न भयका छन् । बिद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको खेलकुदका कार्यक्रममा आज बेलुन दौड, चम्चा दौड, प्लेट रेस,सुज रेस , चकलेट रेश लगायतका खेलहरू भएका छन् । विद्यालयका प्राचार्य यम बहादुर रानाले खेलकुदको महत्वबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले खेल महोत्सव अवधिभर सबै विद्यार्थीहरुले देखाएको अनुशासन र सक्रियताको प्रशंसा गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो । कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका खेलकुदका कार्यक्रम अन्तर्गत आज विजयी भएका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । खेलकुद कार्यक्रम संयोजक निर्मल थापाका अनुसार जुनियर खेलकुदका कार्यक्रम सम्पन्न भयका छन्।
यस अघि कक्षा चार देखी नौ कक्षा सम्मको खेलकुदका कार्यक्रम पनि सम्पन्न भैसकेका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्