मोतिपुर- मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको साधारण सभा सम्पन्न भएको छ ।रुपन्देहीको बुटवल उप महानगरपालिका १९ भुड्कैयामा अवस्थित यस सस्थाको सातौ वाषिर्क साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष खोमराज ढकालले वार्षिक प्रगति प्रतिबेदन पेश गर्दै संस्थामा आफू रहदासम्म संस्थाको हितमा सदैव कामगर्ने कुरामा जोड दिनु भएको थियो ।उहाँले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमाराखेर काम गर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले मोतिपुरवासिलाई स्वस्थ पानी वितरण गर्नमा मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो । उहाँले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ १८ र १९ एकीकृत खानेपानी परियोजना लागत इस्टिमेट २१ करोड रहेकोमा बाँकी रहेको उक्त परियोजना अन्तर्गत वडा नम्बर १९ को गौडीमा निर्माणधिन ओभरहेड टङ्की सम्पन्न गराउने बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि रहनुभएका उहाँले रानीगंजमा ओभरहेड टंकीको काम छिटै सुरु गर्ने , पाइप विस्तार कार्य पनि छिट्टै सम्पन्न गर्ने र सातवटै बोर पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथि खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीका प्रमुख राज कुमार चौधरिले खानेपानी मानव जिवनको लागि अपरिहार्य रहेकोले सम्पुर्णमा सर्वसुलभ रूपमा उपलब्ध गराउन सबै पक्ष उतिकै जिम्मेवार रहेको बताउनु भएको थियो । बिभिन्न संघ संस्थाका प्रतिनीधी तथा समाज सेवीबुद्धिजीहरुको आतिथ्यता रहेको कार्यक्रमा संस्थाका कोषाध्यक्ष कृष्ण नेपालीले ७ करोड ५७ लाख ४५ हजार ६ सय ६ दशमलव ९३ पैसाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका लेखा समिती संयोजक हरि प्रसाद सुवेदीले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सहसचिव दुर्गाप्रसाद चापागाईं ले कर्मचारी विनियमावली प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बुटवल उप महानगरपालिका १९ का वडा अध्यक्ष चन्द्र सिह थापा ,बुटवल उप महा नगर पालिका १८ का वडा अध्यक्ष गुरु पगेनी ,बुटवल उप महानगर पालिका १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मी , विधान संशोधन उपसमिति का संयोजक एवं सल्लाहकार जोगबहादुर खत्री,जिल्ला खानेपानी महासंघ अध्यक्ष धुर्व धिताल ,सौ फर्साटिकर खानेपानी तथा सरसफाई उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष ओम बहादुर फौदार,खानेपानी तथा सरसफाई उपभोक्ता महासघ बुटवलका अध्यक्ष तथा सस्थापक अध्यक्ष एवं सल्लाहकार भिम प्रसाद न्यौपाने , जनशक्ति प्राविका प्रअ कल्पना भण्डारी,गह्रौ कालिका सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष पोषराज चापागाई ,वडा न १९ का संयोजक केदार न्यौपाने, वडा नम्बर १८ का संयोजक जनक गौतम ,कपीलमणि ढकाल लगायतले बोल्दै नेपाल सरकारले नै खानेपानी आधारभूत आवश्यकताको रुपमा संविधानमा नै उल्लेख गरेकोले उपभोक्तालाई सर्वसलुभ रुपमा स्वच्छ खानेपानीको सेवा दिन संस्थासंग आग्रह गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष मिन प्रसाद श्रेष्ठको स्वागत एवम सस्थाका सचिव केसब राज पाण्डेको संचालनमा कार्यक्रम संपन्न भएको हो ।
प्रकाशित मिति : आइतबार, माघ ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्