पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको उपचारको क्रममा निधन

पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको उपचारको क्रममा निधन

बागलुङ ,

पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ।

शर्माको  हिजो दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए। मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा ९एकीकृत समाजवादी० बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए।

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए। विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित शर्मा त्यही बेला उनी राज्यमन्त्री थिए।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए। हाल उनी कुनै पनि जिम्मेवारीमा थिएनन्। शर्माको शव आज साँझसम्म भारतबाट बागलुङ ल्याइ पुर्याउने अध्यक्ष गौतमले बताए।

प्रकाशित मिति : बुधबार, माघ ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij